Monday, October 5, 2026

अत्याधिक वर्षाका कारण मानवत-मटिअर्वा सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Advertisement
Advertisement

कलैया, १५ वैशाख । आइतबार परेको अविरल वर्षाले मानवत-मटिअर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाले सडकमा पानी र हिलो जम्दा सवारी साधन सञ्चालन हुन सकेको छैन ।

कलैया उपमहानगरपालिका वातावरण शाखाका प्रमुख अनिल कुमार पाण्डेले जानकारी दिँदै यात्रुहरूलाई सुरक्षित यात्रा गर्न वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्। उनका अनुसार, पिलुवा चौकबाट कलैयातर्फ आउन चाहने सवारी साधनहरूले औधापुरको हनुमान मन्दिर हुँदै पश्चिमतर्फ हुलाकी मार्ग भएर गङ्गापुर, सिसहनिया, भरत चौक हुँदै आउनुपर्नेछ।

त्यस्तै, भरत चौकबाट पिलुवा चौक फर्किन चाहनेले पनि सिसहनिया–गङ्गापुर हुँदै औधापुरको हनुमान मन्दिर सडक मार्ग प्रयोग गर्न पाण्डेले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर