Friday, August 7, 2026

एकजना नेपाली मोल्बी ठगीको आरोपमा भारतमा पक्राउ 

काठमाडौँ, २५ जेठ। भारतको उत्तर प्रदेशको चंदौली स्थित कोतवाली प्रहरीले तन्त्र-मन्त्रको नाममा मानिसहरूलाई ठगी गर्ने एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट जटहरा निवासी इस्लामुद्दीन रहेका छन्। उनी भारतको बिहार राज्यमा नक्कली आधार कार्ड बनाएर बसोबास गर्दै आएका थिए र विगत दुई वर्षदेखि उत्तर प्रदेशको चन्दौली जिल्लाको नसीरपुर गाउँमा मस्जिदमा मोल्बीको रूपमा कार्यरत थिए।

इस्लामुद्दिनले तन्त्र-मन्त्र र झारफुकको बहानामा गाउँका बासिन्दाहरूलाई झुक्याएर करिब २६ लाख रुपैयाँ भारु ठगी गरेका थिए। गाउँलेहरूले आफ्नो पैसा फिर्ता माग्न थालेपछि उनी बिहार भागेका थिए र त्यहाँ पनि नक्कली आधार कार्ड बनाएर लुकेर बसेको भारतिय संचारमाध्यमहरुले जनाएका छन्।

हिजो बकर इद पर्वको अवसरमा घर फर्कने क्रममा मझवार रेलवे स्टेशन नजिकै उनलाई प्रहरी निरीक्षक संजय कुमार सिंहको नेतृत्वमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो।

इस्लामुद्दीनको साथबाट प्रहरीले एक नेपाली परिचयपत्र, दुईवटा नक्कली आधार कार्ड, तन्त्र-मन्त्र सम्बन्धी पुस्तकहरू, झारफुकको सामग्री, ४ लाख १० हजार रुपैयाँ नगद र एक मोबाइल फोन बरामद गरेको छ।

प्रहरीले उनलाई चन्दौली कोतवालीमा दर्ता गरिएको ठगीसम्बन्धी मुद्दामा अनुसन्धानको लागि हिरासतमा लिएको र थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर