Saturday, August 15, 2026

यूएईमा कार्यरत नेपालीहरुलाई नियम पालना गर्न दूतावासको आग्रह

Advertisement
Advertisement Advertisement

कलैया, ८ असोज। संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली समुदायलाई त्यहाँको कानुन र अनुशासन पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास अबुधाबीले अनुरोध गरेको छ । दूतावासले मंगलबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो जनाएको हो। दूतावासका अनुसार यूएई्मा रहेका केही नेपालीहरू विभिन्न गैरकानुनी गतिविधिहरूमा संलग्न भई समस्यामा परेको जनाएको छ।

विगत केही समयदेखि यूएईमा रहेका कतिपय नेपालीहरू मादक पदार्थको सेवन तथा झैझगडा, बैंकिङ कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागुऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर क्राइम, अध्यागमन नियमको उल्लंघन, ट्राफिक नियमको उल्लंघन र फ्रिल्यान्स भिसाको प्रलोभन जस्ता गतिविधिहरूमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त भइरहेको छ र यस्ता घटनाको संख्या बढ्दै गइरहेको दूतावासले जनाएको छ।

“संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं मर्यादित र अनुशासित भई आफ्नो पेशा र व्यवसायप्रति सधैं इमान्दार, कर्तव्यनिष्ठ रही आफू बसोबास गर्दै आएको मुलुकको यूएईको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ ।” दूतावासले जारी गरेको सूचनामा उल्लेख छ

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर