Friday, August 14, 2026

विपिन जोशी बन्धक बनेको भिडियो आज सार्वजनिक हुँदै

Advertisement
Advertisement Advertisement

कलैया, २२ असोज। नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो आज सार्वजनिक हुने भएको छ । जोशी कृषि शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए। उनलाई २०२३ मा किबुत्ज आलुमिमबाट अपहरण गरिएको थियो ।

जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गर्न लागेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।

फोरम फर होस्टेजेस एन्ड मिसिङ फ्यामिलिजका अनुसार सो भिडियो इजरायली सेनाले प्राप्त गरेको हो र त्यसलाई परिवारलाई गुप्तचर अधिकारीमार्फत देखाइएको हो। करिब ३० सेकेन्ड लामो भिडियो क्लिप आज साँझ इजरायल समय अनुसार ७:५५ बजे ( नेपाली समय अनुसार राती १०ः४० बजे) सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।

“गाजामा भेटिएको यो जीवनको सङ्केत, जुन हामी आज तपाईंहरूसँग शेयर गरिरहेका छौँ, यसले उनी अझै जीवित रहेको हाम्रो दृढ विश्वासलाई अझ बलियो बनाउँछ” जोशीका परिवारले फोरममार्फत जारी एक विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर