कलैया, २२ कात्तिक। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।
नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । उक्त प्रतियोगितामा नेपालको पहिलो जित हो।
















