Friday, June 5, 2026

रास्वपा सभापति रवि लामिछानेले आज चितवनमा विशेष सम्बोधन गर्दै

spot_img

कलैया, ०५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएसँगै आज (शनिबार) बाट सार्वजनिक कार्यक्रममा देखिने भएका छन ।

लामिछानेले आज बिहान ११ बजे भरतपुरको चौबीसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन । सम्बोधन छोटो तर विशेष हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

त्यसपछि उनी दिउँसो काठमाडौं फर्किने र जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारलाई भेट्ने कार्यक्रम रहेको झाले जानकारी दिए ।

उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगो रकम धरौटीमा थुनामुक्त गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर