Wednesday, August 12, 2026

६ महिनामा वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

कलैया, ०८ पुस। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वीरगञ्ज हुँदै ४८ अर्ब १० करोड मूल्यको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।

चालु आवको ६ महिनामा २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । यस्तै, तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

त्यस्तै दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको भने एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर