Sunday, October 4, 2026

रास्वपाद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण: सुशासन र जनविश्वासमा जोड

Advertisement
Advertisement

कलैया, ०३ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पार्टीका नेताहरूले जनताको आशा र विश्वासलाई मर्न नदिन आग्रह गरेका छन्।

कार्यक्रममा उपसभापति डोलप्रसाद अर्यालले पुरानो राजनीतिक दलहरूको कमजोरीका कारण जनतामा निराशा छाएको उल्लेख गर्दै अब भ्रष्टाचार अन्त्य र सुशासन कायम गरी नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्। यस्तै अर्का उपसभापति स्वर्णिम वाग्लेले जनताले दिएको ठूलो जनादेशलाई आत्मसात् गर्दै थिति बसाल्ने बाचा पूरा गर्न इमानदारीपूर्वक लाग्न निर्देशन दिएका हुन।

उनले आफ्नै सरकारका गलत कार्यको समेत डटेर प्रतिरोध गर्न र जनताका मुद्दालाई संसद्‌मा सशक्त रूपमा उठाउन सांसदहरूलाई आग्रह समेत गरेका हुन।

संसदीय अभ्यास, नीति निर्माण र विधायिकी प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले समेत प्रशिक्षणको महत्त्वबारे प्रस्ट पारेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर