Saturday, August 1, 2026

बारामा रास्वपाको विस्तारित बैठकमा तनाव

बारा, ०९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा तनाव उत्पन्न हुँदा प्रतिनिधिसभा सदस्यहरू बैठक स्थलबाटै लखेटिएका छन् ।

शनिबार कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठकमा बाराका निर्वाचन क्षेत्र नं. १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का चन्दन सिंह, क्षेत्र नं. ३ का अरविन्द साह, क्षेत्र नं. ४ का रहबर अन्सारी तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीलगायत केन्द्रीय नेताहरू सहभागी थिए ।

संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई दबाबमा पार्ने प्रयास भएपछि विवाद चर्किएको सहभागीहरूले बताएका छन् । विवाद बढ्दै जाँदा आक्रोशित कार्यकर्ताहरूले उनीहरूलाई बैठक स्थलबाट धक्का दिँदै बाहिर निकालेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ ।

केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्रको विवाद थप गहिरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर