Saturday, August 1, 2026

रास्वपाको बारा जिल्ला अधिवेशन स्थगित

बारा, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बारा जिल्लामा हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरेको छ। जेठ २६ गतेका लागि तय गरिएको उक्त अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा जेठ २५ गते जारी सूचना अनुसार उक्त अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू तत्कालका लागि रोक्न निर्देशन दिइएको छ।

अधिवेशन पुनः सञ्चालन हुने नयाँ मिति र समयबारे केन्द्रीय निर्वाचन आयोगले पछि आधिकारिक रूपमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख छ।

साथै, अधिवेशनका बाँकी प्रक्रियाहरू र आगामी कार्यतालिकाका सम्बन्धमा आयोगद्वारा जारी हुने थप निर्देशनको प्रतीक्षा गर्न सम्पूर्ण सम्बन्धित पक्षलाई आयोगले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर