कलैया, ४ साउन। आइतबार (आज) सुनको मुल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँ बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज २ हजार २ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार प्रतितोला २ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो