कलैया, २४ भदौ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यूको समय बढाएको छ। प्रशासनले सोमबार राति ९ः०० बजेदेखि जारी भएको निषेधाज्ञाको समय आज अपराह्न ६ बजेसम्मको लागि बढाएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्मका लागि कर्फ्यूको समयावधि थप गरिएको जानकारी दिएका छन। यस अघि सोमबार राति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।
वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले भ्रष्टचार, सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा सोमबार प्रहरीको गोलि लागेर १९ जनाको विद्यार्थीको मृत्युको विरोधमा प्रदर्शनीमा उत्रिएका छन। वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ।



