Friday, November 13, 2026

वीरगन्ज कारागारबाट फरार भएका कैदी पक्राउ

Advertisement
Advertisement

बारा, २६ कात्तिक ।  वीरगन्ज कारागार कार्यालय पर्साबाट फरार भएका एक कैदीलाई प्रहरीले ५ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार कात्तिक २६ गते बिहान करिब ८:२० बजेको समयमा वीरगन्ज कारागार कार्यालयबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी फरार भएका थिए।

पर्साको पोखरिया नगरपालिका वडा नं. ४ सतवरिया बस्ने ३० वर्षीय सुनिल साह तुरहा कारागार कार्यालयको प्यारेल शाखाको पर्खालको छेउबाट भागेर फरार भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले भारत बिहार जिल्ला मोतिहारी थाना आदापुरस्थित नेपाल-भारत सिमाक्षेत्रबाट निजलाई नियन्त्रणमा लिई कारागार कार्यालयमा ल्याएको छ। पक्राउ परेका सुनिल साह तुरहाविरुद्ध थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर