Friday, November 13, 2026

सुजित मेमोरियल टी–२० : कलैया उपमहानगरपालिका वडा नं. १२ विजयी

Advertisement
Advertisement

बारा,२७ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत भएको खेलमा वडा नं. ८ लाई ८ विकेटले पराजित गर्दै वडा नं. १२ विजयी भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ८ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। वडा नं. ८ का लागि विवेक कुमारले सर्वाधिक २६ रन, नैमोदिन अन्सारीले २४ रन र राजेश कुमारले १९ रनको योगदान दिए।

१०० रनको लक्ष्य पछ्याएको वडा नं. १२ ले १० ओभरमै २ विकेट गुमाएर १०२ रन बनाउँदै सहज जित हात पार्‍यो। वडा नं. १२ का लागि रोशन यादवले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाए भने हरेराम यादवले ३० बलमा अविजित ४२ रनको योगदान दिए।

उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका वडा नं. १२ का खेलाडी हरेराम यादव म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई युवा नेता प्रवीण पटेलले पुरस्कार वितरण गरेका हुन् ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

छठ पर्वको अवसरमा तीन दिनका लागि प्रतियोगिता स्थगित रहने आयोजक समितिका अध्यक्ष ठाकुरले जानकारी दिए। उनका अनुसार प्रतियोगिता मंसिर १ गतेदेखि पुनः सञ्चालन हुनेछ।

मंसिर १ गतेदेखि सुरु हुने लिग खेलअन्तर्गत मंगलवार बिहान ८ बजेदेखि कलैया उपमहानगरपालिका वडा नं. १४ र ११ बीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजेदेखि वडा नं. ६ र १२ बीच खेल हुने अध्यक्ष ठाकुरले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर