Saturday, November 14, 2026

मधेश प्रदेशसभा बैठक आज १ बजे बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

Advertisement
Advertisement

बारा, २८ कात्तिक । सत्ता गठबन्धनका प्रमुख दलहरूले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्।

आज दिउँसो १ बजे आह्वान गरिएको प्रदेशसभाको बैठकको कार्यसूचीमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनलाई मुख्य विषयका रूपमा राखिएको छ।

यसअघि सरकारमा सहभागी नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन आधिकारिक रूपमा फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका हुन्।

सहयोग गर्ने भनिएका दलहरूले साथ छाडेसँगै नेपाली कांग्रेस नेतृत्वको वर्तमान मधेश प्रदेश सरकारले आजको बैठकबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना अत्यन्तै न्यून रहेको छ। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार जोगाउन आवश्यक पर्ने स्पष्ट बहुमत ५४ मत जुटाउन मुख्यमन्त्री यादवलाई चुनौती रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर