Wednesday, September 9, 2026

प्लाष्टिकका फूल र माला विक्री वितरणमा बाराको निजगढ नगरपालिकाले लगयो रोक

Advertisement
Advertisement Advertisement

बारा, १३ कात्तिक । बाराको निजगढ नगरपालिकाले प्लाष्टिकका फूल र माला विक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै रोक लगाएको जनाएको छ ।

प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भ​एकोले नगरपालिकाले प्रयोग नगर्न अनुरोध गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै स्थानीय स्तरमा उत्पादन भ​एका प्राकृतिक फूलमाला, सयपत्री, मखमली लगायतका फुलहरुको मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

“नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५(१) द्वारा प्रदत्त अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना बमोजिम प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण एवं भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेको हुदा प्लाष्टिकजन्य फूलका मालाहरु तथा सरसजावटका सामाग्रीहरुको प्रयोग नगर्न नगराउन हुन अनुरोध छ ।” प्रमुख प्रशासकीय अधिक्रित अजय बर्तौला द्वारा जारी सुचनामा उल्लेख छ ।

सुचना

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर