Wednesday, September 16, 2026

मधेश प्रदेशमै बारा र धनुषा प्रशासन कार्य सम्पादनमा उत्कृष्ट

Advertisement
Advertisement

बारा, ०१ फागुन। मधेश प्रदेशको ८ आठ जिल्ला मध्ये बारा र धनुषा जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट रहेको छ।

आर्थिक वर्ष २०८१/०८२ को दोश्रो त्रैमासिकको कार्य सम्पादन सम्झौता मूल्यांकन प्रणाली(सिपिएएस) मा बारा र धनुषा जिल्लाले ४६ औ स्थान प्राप्त गरेको गृह मन्त्रालयले प्रकाशित गरेको नतिजामा उल्लेख छ।

कार्य सम्पादन मूल्यांकन नतिजामा बारा र धनुषा जिल्ला प्रशासन कार्यालयले ४६ औं स्थान प्राप्त गर्दै प्रदेशको अन्य जिल्ला भन्दा अगाडि रहेको पाईएको छ।

कार्य सम्पादन मूल्यांकन अनुसार ७७ जिल्ला प्रशासन कार्यालयहरु मध्ये मधेश प्रदेशका रौतहट जिल्लाले ६१ औं स्थान,पर्सा जिल्लाले ६३ औं स्थान,सिरहा जिल्लाले ६८ औं स्थान प्राप्त गरेको छ।

महोत्तरी र सप्तरी जिल्लाले ६९ औं स्थान तथा सर्लाही जिल्लाले ७४ औं स्थान प्राप्त गरेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर