33.4 C
Kalaiya

Sunday, March 23, 2025
33.4 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

बारामा ७५ लाख भन्दा बढीको अवैध समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

spot_img
spot_img

बारा, १७ साउन । बारा प्रहरीले अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.२-०३-००१३६८९ नम्बरको ट्रकलाई रोकी चेज जाँच गर्ने क्रममा उक्त अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उक्त ट्रकमा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ७५ लाख १० हजार ८ सय ९६ रूपैया बराबरको लोड रहेको मोविल,कस्मेटिक,मेशनरी पार्ट, ब्याट्री, चना र अन्य सामानहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अन्य सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरी नायब उपरीक्षक सापकोटाले  बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर