Wednesday, September 9, 2026

कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ

Advertisement
Advertisement Advertisement

बारा, १ चैत । पर्सामा गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना  युवक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेको प्रहरीले जनाएको छ।

नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका-१६ र ३० स्थित घरबाट अवैध कल बाईपसमा प्रयोग भएको उपकरणहरू सहित उनलाई पक्राउ गरेको हो ।

पटेलले सञ्चालन गरेको कल बाइपास स्थानबाट भिओआइपी गेटवे ३२ पोर्ट थान दुई, भिओआइवी गेटवे १८ पोर्ट एक थान, एनसेल कम्पनीका सिमकार्ड १४ थान, राउटर, ल्यापटप, इन्भर्टर दुई-दुई थान, कनेक्टर, मोबाइल र ३२ जिबीको एक थान पेनड्राइभ बरामद भएको छ।

पक्राउ परेका पटेललाई दुरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर