25.5 C
Kalaiya

Sunday, September 14, 2025
spot_img
25.5 C
Kalaiya
Sunday, September 14, 2025

कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ

spot_img
spot_img

बारा, १ चैत । पर्सामा गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना  युवक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेको प्रहरीले जनाएको छ।

Advertisement

नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका-१६ र ३० स्थित घरबाट अवैध कल बाईपसमा प्रयोग भएको उपकरणहरू सहित उनलाई पक्राउ गरेको हो ।

Advertisement

पटेलले सञ्चालन गरेको कल बाइपास स्थानबाट भिओआइपी गेटवे ३२ पोर्ट थान दुई, भिओआइवी गेटवे १८ पोर्ट एक थान, एनसेल कम्पनीका सिमकार्ड १४ थान, राउटर, ल्यापटप, इन्भर्टर दुई-दुई थान, कनेक्टर, मोबाइल र ३२ जिबीको एक थान पेनड्राइभ बरामद भएको छ।

Advertisement

पक्राउ परेका पटेललाई दुरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर