Monday, August 10, 2026

मुख्यमन्त्रीको अनुगमनका क्रममा कलैयाको योगशिला हस्पिटलमा पत्रकार माथि दुर्व्यवहार

कलैया,१३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा आज शनिबार बाराको कलैयास्थित योगशिला हस्पिटल प्रा.लि मा समाचार संकलन गर्न पुगेका पत्रकार सन्दीप यादवमाथि दुर्व्यवहार भएको छ।

मुख्यमन्त्रीको अनुगमन पछि तस्वीर संकलन गरिरहेका पत्रकार यादवमाथि अस्पताल सञ्चालक पवन गुप्ता र अन्य व्यक्तिहरुले अभद्र व्यवहार गर्दै गालीगलौज गरेका थिए। सो क्रममा उनीहरूले पत्रकार यादवको प्रेस कार्ड खोस्नुका साथै मोबाइल फोन पनि खोस्ने प्रयास गरेका थिए। “मोबाइल नियन्त्रणमा लिदै उक्त फोटो डिलेट गराउन लगाउदै प्रेस कार्ड खोसी त पत्रकार होइन, तलाई पत्रकारको प शब्द थाहा छैन भन्दै तलाइ गोलि हान्छु ” अस्पताल सञ्चालकले भनेको पत्रकार यादवले बारा अपडेटलाई बताए ।

प्रेसमाथि भएको यस्तो हस्तक्षेपप्रति सञ्चारकर्मीहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। उक्त घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सम्बन्धित निकायलाई माग गरिएको छ।

योगशिला हस्पिटल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

मुख्यमन्त्री सिंहले कलैयाको योगशिला हस्पिटल बन्द गर्न निर्देशन दिएका हुन् ।  मापदण्डविरीत सञ्चालन भएको पाइएपछि उनले तत्कालै बन्द गर्न निर्देशन दिएका मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिएका छन।

यो पनि पढ्नुहोस। कलैयामा सञ्चालित मापदण्ड विपरीत निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर