21.3 C
Kalaiya

Sunday, November 9, 2025
spot_img
21.3 C
Kalaiya
Sunday, November 9, 2025

बाराका १६ वटै पालिकामा जेनजी समुह गठन अभियान सुरु

spot_img
spot_img

कलैया,२३ कात्तिक  । बाराका १६ वटै स्थानीय तहमा जेनजी समुह गठन गर्ने अभियान सुरु भएको छ। बाराको कलैयास्थित बारा उधोग बाणिज्य संघको सभाहलमा शनिबार जेनजी र युथ अफ बाराले पत्रकार सम्मेलन गरी आफनो अगामी रणनिती बारे जानकारी गराएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै जेनजीका बारा संयोजक स्वराज उपाध्यायले अगामी कार्तिक २९ गतेसम्म जिल्लाका १६ वटै पालिकामा जेनजी समुह गठन गरिने तथा मंसिर ६ गते जिल्ला भेला गरिने जानकारी गराएका हुन । उनले जेनजी युवालाई एक जुट हुन आग्रह गरे । उनले गाउँ गाउँ र टोल टोलमा पुगेर भ्रष्टाचार बिरुद्ध अभियान समेत सञ्चालन गरिने बताए ।

Advertisement

उनले जेनजी युवा देश बनाउने काममा लाग्ने समेत जनाए । उक्त पत्रकार सम्मेलनमा बोल्दै शौरभ पाण्डेयले जेनजी पुस्ताले सबैले गर्व गर्ने कार्य गर्ने बताए । उनले गलत कार्य गर्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिए । राम्रो काम गर्नेलाई जेनजी पुस्ताले सहयोग गर्ने समेत बताए ।

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै युवा अभियान्ता शौरभ चौगाईले स्वतन्त्र व्यक्तिलाई मात्र जेनजी समुहमा सहभागिता गराउने बताए । उनले शिक्षा , स्वास्थय क्षेत्रमा देखिएको कमी कमजोरीलाई सुधार गरिने , भ्रष्टाचार बिरुद्ध लडने समेत बताए ।

उक्त अवसरमा आर्दशकोतवाल गाउँपालिकाका प्रदिप कुशवाहा , सुवर्ण गाउँपालिकाका अजय यादवले आफनो पालिकामा रहेको बेथिती बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर