Tuesday, September 8, 2026

गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

Advertisement
Advertisement Advertisement

बिरगंज , ०७ माघ ।  विश्व प्रसिद्ध गढीमाई मन्दिरमा भएको तोडफोड र उदण्डताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय समता पार्टी नेपालले दोषीहरूमाथि तत्काल कानुनी कार्यवाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।

“यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकलस्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको छ। ” ज्ञापन पत्रमा उल्लेख छ ।

पार्टीका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा महासचिव डा. अभिषेक तिवारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्र बहादुर श्रेष्ठ सहितको टोलीले संघीय मन्त्री निवास, ललितपुरमा पुगी गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा अपराधीहरूको पहिचान गरी कानुनी राज्यको परिपालन गराउन कडा कार्यवाहीको माग गरिएको छ। साथै, धार्मिक तथा सांस्कृतिक सम्पदाको सुरक्षा गर्न सरकारलाई आग्रह गरिएको छ।गढीमाई मन्दिरमा भएको यो घटना धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाप्रति गरिएको आक्रमणको रूपमा लिइएको छ। यसले कानुनी राज्यको उपहास गरेको भन्दै पार्टीले यथाशीघ्र दोषीलाई कारबाही गर्न जोडदार माग गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर