बारा,१९ पुस । बाराको सदरमुकाम कलैयामा खानेपानी मन्त्री प्रदीप यादवले नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गरेका छन ।
मन्त्री यादवले कलैया स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (३.४ किलोमिटर) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको शिलान्यास गरेका हुन ।
नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैयाको आयोजनामा भएको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री यादवले नयाँ खानेपानी पाईपलाईन विस्तार पछि यहाँका नागरिकले शुद्ध एवं शुरक्षित खोपानी खान पाउनेमा विश्वस्त रहेको जानकारी दिए ।