बारा,३१ साउन । बारामा ६२ किलो अबैध लागूऔषध गाँजासहित हाईस गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक हरिन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरीको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चौकमा नियमित चेकजाँच गर्ने क्रममा हाईस गाडीलाई रोक्दा नरोकी फरार भएको थियो।
गाडी फरार भएपछि शंका लागेपछि गाडीलाई खोज तलास गर्दै जाँदा वडा नं १ स्थित हुलाश फ्याक्ट्री नजिकै रोकि राखेको अवस्थामा ना १ ज ८४५८ नम्बरको गाडीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ६२ किलो लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा र गाडीलाई नियन्त्रणमा लिई थप कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।