23.1 C
Kalaiya

Wednesday, March 26, 2025
23.1 C
Kalaiya
Wednesday, March 26, 2025

spot_img

बिरामीलाई उपचार दिने प्रादेशिक अस्पताल कलैयालाई आफै उपचारको खाचो

spot_img
spot_img

कलैया,२४ पुस । विरामीहरुको उपचार गराउने प्रादेशिक अस्पताल कलैया यतिखेर आफै विरामी अवस्थामा छ ।

बाराको सदरमुकाम समेत रहेको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको प्रादेशिक अस्पताल कलैया आफै विरामी अवस्थामा भएजस्तो देखिएको छ ।

जिल्लाको एकमात्र ठुलो सरकारी अस्पतालले सवाग्रहीहरुलाई दिनुपर्ने सेवाहरु नदिएपछि विरामी जस्तै अवस्थामा देखिएको हो । मधेस प्रदेश सरकारले जिल्ला अस्पतालबाट स्तरवृद्धि गर्दै प्रादेशिक अस्पताल बनाएको थियो ।

अस्पतालको स्तरवद्धि गर्दै अत्याधुनिक मेशिन,उपकरण र जनशक्ति भएपनि प्रदेशिक अस्पतालले आम जनतालाई गुणस्तरीय रुपमा स्वास्थ्य सेवा दिन नसक्नुले प्रादेशिक अस्पताल स्वयमलाई उपचारको खाँचो भएको हो की भन्ने धेरैको प्रश्न छ ।

जिल्लाका विभिन्न स्थानहरुबाट स्वास्थ्य सेवा लिन प्रादेशिक अस्पताल आउनेहरु आंशिक सेवा मात्र पाएपछि बाध्य भएर निजी अस्पतालहरुमा जान बाध्य छन । अस्पतालको निकै महत्वपुर्ण मानिने एक्स–रे सेवा ठप्प भएको हो । एकसाता भन्दा बढि देखी एक्स–रे मेशिन विग्रीएको अवस्थामा थन्किएको छ ।

अस्पतालको एक्स–रे सेवा ठप्प भएपछि विरामीहरु अस्पताल नजिकै भएका निजी क्लिनिकहरुमा जनुपर्ने बाध्यता छ । अस्पतालमा एक्स–रे सेवा ठप्प हुँदा बिरामीहरु निजी क्लिनिकमा चर्को शुल्क तिरेर गराउनु परेको मंगलबार एक सेवाग्रहीले गुनासो गरे ।

प्रादेशिक अस्पताल कलैयाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाको चरम लापरबाहीको कारण सेवाग्राही मारमा परेको स्थानीयहरुको आरोप छ ।

प्रादेशिक अस्पतालमा उन्नति गरिएका अस्पतालको अवस्था खस्दो रहेको छ । अस्पतालमा सरकारले निशुल्क दिने भनिएको ९८ प्रकारका औषधि समेत पाईदैनन् । सामन्य प्रकारको सिटामोल र जीवनजल जस्ता औषधीहरु पाउन मुस्कील छ, एक सेवाग्रहीले गुनासो गरे ।

अस्पतलामा समयमा डाक्टर नआउने, एक्स–रे का लागि बाहिर पठाईने,शौचालय लगायत सरसफाई नहुने र सरकारले निःशुल्क बितरण गर्ने औषधी बिरामीलाई नदिने अर्का एक सेवाग्राही खलिल मियाले दुखेसो पोखे ।

यतिका चिसोमा जिल्लाको फेटाबाट खाना नखाएर उपचार गराउन प्रादेशिक अस्पताल कलैयामा आएको छु तर यहाँ अस्पतालमा सेवा नपाएपछि दुख लागेको अर्का सेवाग्राही सुफल मियाले बताए । चिसोको समयमा उपचार नपाउदा आफू फेरि घर जानू परेको उनले बताए ।

अस्पतालका प्रायः चिकित्सकको क्लिनिक र निजी अस्पताल रहेकाले बिरामीलाई त्यतैतिर रेफर गर्ने सेवाग्रहीहरुको आरोप छ।

प्रदेशिक अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नभएपछि आईतवार कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह र जिल्ला प्रशासन कार्यालय कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले संयुक्त रुपमा छड्के अनुगमन गरेका थिए ।

जस्किएका प्रादेशिक अस्पताल कलैयाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहालाई ९८५५०४८५१९ मा समाचारका लागि सम्पर्क गर्दा फोन रिसिभ नै भएन ।

५० शैयाको यो अस्पतालमा ३२ थप गरे ८३ शैया बनाईएको हो । ८ जना एमडी, ७ जना एमबीबीएस छन् । अर्थोपेडिक, डेन्टल, प्रस्तुती विशेषज्ञहरु छन् । ८ शैयाको आइस्यू छ । तर पनि अस्पताल सेवा प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर